काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले फ्लोरिडास्थित आफ्नो घरमा सङ्घीय अनुसन्धान निकाय एफबीआईले छापा मारेको बताएका छन्।
एक वक्तव्य जारी गर्दै ट्रम्पले पाम बिचस्थित मार-ए-लागो रिसोर्टमा रहेको घर ूएफबीआई एजेन्टको ठूलो समूहले कब्जा गरेकोू उल्लेख गरेका छन्।
बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजले आधिकारिक कागजपत्रहरूको व्यवस्थापनको विषयमा ट्रम्पको घरमा छापा मारिएको उल्लेख गरेको छ।
गत वर्ष अमेरिकी संसद् भवनमा भएको हिंसाको विषयमा पनि अमेरिकी संसद्ले ट्रम्पमाथि छानबिन गरिरहेको छ।सोमवार छापा मारिएको समयमा ट्रम्प न्यूयोर्कस्थित ट्रम्प टावरमा रहेको सीएनएनले उल्लेख गरेको छ।
'यो हाम्रो देशको लागि कालो समय हो,' ट्रम्पले विज्ञप्तिको सुरुमा भनेका छन्।
आफूले सबै सरकारी निकायसँग समन्वय गरेको दाबी गर्दै उनले 'बिना पूर्वजानकारी गरिएको छापा अनावश्यक र अनुचित भएको' उल्लेख गरेका छन्।
ट्रम्पले सन् २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्नबाट आफूलाई रोक्न 'न्याय प्रणालीलाई हतियारको रूपमा प्रयोग गरिएको आरोप लगाएका छन्। 'यस्तो आक्रमण तेस्रो विश्वका देशमा मात्र हुन्छ,' ट्रम्पले भनेका छन्।
सीबीएस न्यूजले राष्ट्रिय अभिलेखालयको विवरणसँग सम्बन्धित अनुसन्धानमा ट्रम्पको घरमा छापा मारिएको पुष्टि गरेको छ।म्पका वरिष्ठ सल्लाहकारले ट्रम्प निवासमा मारिएको छापा राष्ट्रपतीय अभिलेखसँग सम्बन्धित रहेको सीबीएससँग बताएका छन्।
स्रोतहरूले छापा मार्ने क्रममा एसबीआईले थोरै मात्र जानकारीहरू प्राप्त गरेको दाबी गरेका छन्।अमेरिकी राष्ट्रपतिहरूको अभिलेख व्यवस्थापन गर्ने राष्ट्रिय अभिलेखालयले गत फेब्रुअरीमा न्याय मन्त्रालयलाई सरकारी कागजपत्रको व्यवस्थापनको विषयमा ट्रम्पमाथि छानबिन गर्न निर्देशन दिएको थियो। अमेरिकी राष्ट्रपतिले सबै चिठीपत्र, कामकाजसँग सम्बन्धित कागजपत्र र इमेलसमेत राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्नुपर्ने कानुनी व्यवस्था छ।