धनगढी । धनगढीमा घरको ब्रण्डामा पार्किङ गरिएको मोटरसाइकलमा अज्ञात व्यक्तिले आगजनी गरेको छ ।
धनगढी उपमहानगरपालिका–६ को जालीगाउँका स्थानीय जगतप्रसाद चौधरीले घरको ब्रण्डामा पार्किङ गरेर राखेको सोमबार राति करीब ११ बजेतिर से ४ प ६८९३ नम्बरको होण्डा साइन मोटरसाइकलमा आगजनी गरिएको हो ।
सबै जना सुतिसकेको अवस्थामा मोटरसाइकलमा आज्ञात व्यक्तिले आगजनी गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपीं) वेदप्रकाश जोशीले मोटरसाइकल आगजनी गरेको अवस्था भेटिएको बताउदै घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
मोटरसाइकल धनी चौधरीले साँझ ५ बजे कार्यालयबाट फर्किएर ब्रण्डामा पार्किङमा राखिएको अवस्थामा अज्ञात व्यक्तिले आगजनी गरेको कुरा छिमेकीले देखेपछि मात्र थाहा पाएको बताए ।