काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पशुपतिमा पुजाअर्चना गरेकी छन्।
सोमबार साँझ पशुपतिनाथ मन्दिर पुगेकी उनले त्यहाँ पुजाअर्चना गरेकी हुन्।
मन्दिरमा राष्ट्रपति भण्डारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले स्वागत गरेका थिए।
राष्ट्रपति भण्डारीले गणेश, वासुकीनाथ, नवग्रहलगायत देवीदेवताको दर्शनसहित पशुपतिनाथ दर्शन विधिअनुसार दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।
पशुपतिनाथ मूल मन्दिरमा बेलुकी नियमित हुने आरतीमा पनि उनी सहभागी भएकी थिइन्। राष्ट्रपति भण्डारीले साउन महिनाको एउटा सोमबार पशुपतिनाथ मन्दिरमा दर्शन गर्दै आएकी छन्। साउनको चौथो सोमबार सोमबार विगतका सोमबारभन्दा बढी दर्शनार्थीले दर्शन गरेका छन्।