काठमाडौं। प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले नारायणगढ–मुग्लिन/मुग्लिन–पोखरा सडक खण्डको स्तरोन्नतिको कामलाई तीव्र बनाउन निर्देशन दिएको छ।
समितिको सिंहदरबारमा आज बसेको बैठकले सो सडक खण्डको स्तरोन्नतिको काममा ढिलासुस्तीका कारण न्यून प्रगति देखिएको भन्दै निर्धारित समयमा सम्पन्न गर्ने गरी काम अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।
समितिले सबैजसो भौतिक पूर्वाधार निर्माणका काममा ढिलासुस्ती र गुणस्तरहीन देखिने गरेको भन्दै विकासको उपयुक्त मोडल अवलम्बन गर्न समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले नारायणगढ–मुग्लिन/मुग्लिन– पोखरा सडकको कामलाई तीव्र रुपमा अघि बढाउने बताए।