काठमाडौं । साउन महिनाको चौथा सोमबार आज भगवान शिवको विशेष पूजा आराधना गरिँदैछ ।
काठमाडौंको पाशूपत क्षेत्र लगायत देशै भरका शिबालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
भगवान शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको छ । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर महादेव , सन्तानेश्वर महादेव, खोटाङ हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।