काठमाडौँ । पाँच दिने जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसालिएको हिरोसिमा सहरस्थित संग्रहालय अवलोकन गरेका छन् ।

उनले भ्रमण टोलीका सदस्यहरुसहित आज संग्रहालय अवलोकन गरेका हुन् ।अमेरिकाले दुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बम खसालेको थियो । परमाणु बमले कतिको मृत्यु भयो भन्ने यकिन तथ्यांक छैन ।

जापानको भ्रमणको लागि माओवादी अध्यक्ष यही साउन २० गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनीसँग छोरी गंगा दाहाल, स्वकीय सचिव रमेश मल्ल, सचिवालयका एकजना सदस्य सूर्यकिरण शर्मा लगायत छन् ।
