काठमाडौँ । काठमाडौँको चोभारमा एक बालक फेला भएका छन् । आमाको नाम मञ्जु खत्री बताउने ती बालकलाई प्रहरीले अहिले कीर्तिपुर प्रहरी चौकीमा राखिएको छ । ती बालकको उमेर ३ वर्ष रहेको बताएको छ ।
उनी केही दिन अघि हिप्पी ल्यान्ड नजिकैको चोभारमा हराएको बुझिएको छ । सम्बन्धित अभिभावकलाई कीर्तिपुर प्रहरी चौकीमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
यी बालकलाई चिन्नुहुने व्यक्तिले ९८५१२८३०१३ वा कीर्तिपुर प्रहरी चौकीमा मा सम्पर्क गर्न सकिनेछ ।