काठमाडौँ । जगदीप धनखड भारतको उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो ।
धनखडले कुल खसेको मतमा ५ सय २८ प्राप्त गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वाले १ सय ८२ भन्दा कम मत प्राप्त गरेकी छन् । एनडीएका उम्मेदवार जगदीप धनखडले ३ सय ४६ मतान्तरले चुनाव जितेका छन् । भारतका उपराष्ट्रपति माथिल्लो सदन राज्यसभाको अध्यक्ष हुने व्यवस्था छ ।