काठमाडौँ । रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित क्षेत्र उत्साहित हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्रीको रूपमा आफूले पाएको जिम्मेवारी अस्थायी भए पनि पदमा बसुन्जेल सम्बन्धित क्षेत्रलाई उत्साहित तुल्याउने गरी काम गर्ने उनको भनाइ थियो ।
राष्ट्रिय नागरिक विकास समाजले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र र नेपाली जनताको हितका लागि आफूले सक्दो योगदान पुर्याउने आश्वासन दिए ।
मन्त्री कुँवरले सरकारलाई सही बाटोमा हिँडाउने काममा नागरिक समाजका अगुवाहरूको भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरे ।उनले भने, ‘मैले पनि मन्त्रिपरिषद सदस्यको जिम्मेवारी पाएको छु । म मन्त्रालयमा कति बस्छु, त्यो बेग्लै कुरा हो । तर, जति बस्छु, जुन क्षेत्रमा हामीले काम गर्यो ।
त्यो क्षेत्रले उत्साह पाउने गरी हामीले काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ’, उनले भने, ‘मैले आफ्नो तर्फबाट यो राष्ट्रका लागि, नेपाली जनताको लागि खेल्नुपर्ने भूमिका सक्दो सहयोग पुर्याउने विश्वास म यहाँहरुलाई दिलाउन चाहन्छु ।’
मन्त्री कुँवरले देश र जनताको हितमा सबैले आ–आफनो क्षेत्रबाट योगदान पुर्याउन जरुरी रहेको पनि बताए ।