काठमाडौँ । अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले मंसिरको निर्वाचनपछि माओवादी मुलुकको पहिलो शक्ति बन्ने दाबी गरेकी छन् ।
अखिल (क्रान्तिकारी) गण्डकी प्रदेश समितिको शपथ ग्रहण तथा ३ महिने अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।
माओवादी केन्द्रीय कमिटी सदस्य समेत रहेकी नेतृ सिंहले मंसिरको निर्वाचनपछि गठबन्धन बाहिरका शक्ति मुलुकभर टर्च बालेर खोज्नुपर्ने अवस्था आउन सक्ने बताइन् ।
निर्वाचनपछि गठबन्धनको दोस्रो ठूलो शक्तिको रुपमा माओवादी नै मुलुकको पहिलो कम्युनिष्ट शक्ति हुने उनको भनाई थियो ।