काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्।
एमाले उपत्यका विशेष प्रदेश कमिटीले आज मध्यपुरथिमिको बोडेमा आयोजना गरेको राजनीतिक कार्यशालामा उनले आउँदो निर्वाचनका लागि फोकस भएर लाग्न निर्देशन दिएका हुन् ।
ओलीले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पार्टीले सङ्गठित र इमान्दारी पूर्वक लागेमा एक्लै बहुमत प्राप्त गर्न सक्ने दाबी गर्दै पार्टीका नेता, कार्यकर्ताले इमान्दारी पूर्वक लाग्नु पर्ने बताए ।