धनगढी । भन्सार छलेर ल्याइएको साढे तीन लाख रुपैयाँभन्दा बढीको सामान कैलाली प्रहरीले बरामद गरेको छ ।
प्रहरीले धनगढी उपमहानगरपालिका–४ चटकपुरबाट तीन लाख ५३ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको हो । वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोली सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।बरामद गरिएका सामानहरुमा फोटोकपी पेपर, औजार बक्स, ऐलजर, तावेल, थमपिन, मार्कर, पेन्सिल कलर, पेन्सिल, लेमिलेसन रोल, गिफ्ट पेपर, चक, खाम, फुटबल लगायतका स्टेशनरी सामान रहेको छ ।