काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी छन्।
राष्ट्रपति भण्डारीले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेकी हुन्।
राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको बैठकबाट पारित भई पेश हुन आएको सो विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।