कपिलवस्तु। खोलाले बगाएर बेपत्ता भएका दिलकुमार सुनारको शव आज फेला परेको छ।
सुनारको शव आज बिहान कपिलधाम र भलवाड छेउमा रहेको कजवे क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका–९ बर्दवास्थित कोइली खोलाले मङ्गलबार सुनारका दम्पती र छोरालाई बगाएको थियो।
वडा नं ७ बाँडीगाउँ बस्ने सुनारकी श्रीमती ३१ वर्षीया राममाया सुनारको शव मङ्गलबार फेला परेको थियो।
घटनामा सुनारका १२ वर्षीय छोरा निरजको भने स्थानीयले सकुशल उद्धार गरेका थिए।