रुपन्देही । आफ्नै श्रीमतीको विभत्स हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
आफ्नै श्रीमती ३१ वर्षीया साबित्री थापा क्षेत्रीको विभत्स हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका १ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घरको सुत्ने कोठामा बुधबार बिहान साबित्री मृत अवस्थामा रहेको प्रहरीले बताएको छ । शंकास्पद र हत्या भएको हुन सक्ने देखिएपश्चात यम बहादुरलाई तत्काल नियन्त्रणमा लिएको थियो ।
यम बहादुरले राति उठेर दराजको पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई पैसा नसोधी लिई गएको भनि कुटपिट गर्ने क्रममा खाटको खुट्टा र भित्तामा टाउको ठोकाई हत्या गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको ।
उनलाई ज्यान सम्बन्धि कसूर अन्तर्गत म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरेहेको जनाइएको छ ।