काठमाडौं। काठमाडौंमा भीएफएस (भिसा फ्यासिलेसन सर्भिस)को नयाँ केन्द्र खुलेको छ।
यसअघि भीएफएसको काम नेपालभरीमा काठमाडौंको ठमेलबाट मात्रै हुँदै आएको थियो। तर, शनिबारदेखि काठमाडौंको थापाथलिमा रहेको ट्रेड टावर बिल्डिङको ग्राउण्ड फ्लोरमा पनि केन्द्र खोलेर भीएफएसले काम सुरु गरेको छ।
जसका कारण अध्ययनका लागि विदेश जानेहरुलाई सहज भएको छ। नेपालभरी ठमेलमा मात्रै भीएफएस केन्द्रको हुँदा विद्यार्थीले बायोमेट्रिकका लागि लामो समय कुनुपर्ने बाध्यता थियो।
भीएफएसको नयाँ केन्द्र खुलेसँगै बायोमेट्रिकका लागि समय सजिलै एक दुई दिनमै समय पाउन थालिएको छ।

भीएफएसको बायोमेट्रिक डेट लिनको लागि यहाँ क्लिक गर्नुस् :-
यसअघि भीएफएसको काम नेपालमा अमित चुके र उनकी श्रीमती शेरफ चुकेले मात्रै गर्दै आएका थिए।
भीएफएसको नेपालमा कार्य गर्दै आएका चुकेका बुढाबुढीले आफूले चाहेको समयमा मात्रै बायोमेट्रिकका लागि आवेदन दिने सर्भर खुला गर्ने, बायोमेट्रिकका लागि समय पाएका विद्यार्थीको पनि मिति आफैं परिवर्तन गरिदिने, केही शैक्षिक परामर्श व्यवसायीको साँठगाँठमा बायोमेट्रिकको समय दिने गरेको खुलासासहितको समाचार नेपाली पब्लिकले प्रकाशित गरेको थियो।
पढ्नुस् समाचारः
‘भीएफएसको ताण्डव : चुकेका बुढाबुढी मालामाल, तनावमा विद्यार्थी’
उक्त समाचार प्रकाशितपछि भीएफएसको कर्तुतबारे जानकारी पाएर विद्यार्थी तथा अभिभावकले भीएफएसको कार्यालयमै गएर आन्दोलन गरेका थिए।
पढ्नुस् समाचारः
नेपाली पब्लिक समाचार प्रभावः भीएफएसमा चुकेका बुढाबुढीको ज्यादतिविरुद्ध विद्यार्थीको विद्रोह
भीएफएसको नयाँ सेन्टर खुलेसँगै विद्यार्थीले बायोमेट्रिकका लागि आफूले चाहेको समयमा आवेदन दिन सक्ने भएका छन्। साथै, बायोमेट्रिकका लागि समय पाएका विद्यार्थीको पनि मिति आफैं परिवर्तन हुने, केही शैक्षिक परामर्श व्यवसायीको साँठगाँठमा बायोमेट्रिकको समय दिने कार्यको अन्त्य हुने भएको छ।
नोटः भीएफएसबाट पीडित विद्यार्थीको समस्या समाधानका लागि नेपाली पब्लिकले अभियान नै सञ्चालन गरेको छ। भीएफएसबाट पीडित विद्यार्थीले भाइवर नम्बर +९७७९८५११३४७२० नम्बरमा समस्या पठाउन सक्नुहुनेछ। हामी तपाईंका समस्या समाधानको पहल स्वरुप समाचार प्रकाशित गर्नेछौं।