काठमाडौं। नेपालमा पनि मंकीपक्सका शंकास्पद बिरामी भेटिएका छन्।
दुबईबाट नेपाल आएका रसुवा जिल्लाका २६ वर्षीय पुरुषमा मंकीपक्सका लक्षण देखिएको हो।
उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कले दुबईबाट नेपाल आउँदा उनमा ‘मंकीपक्स’ भाइरस संक्रमणको आशंका गरेर टेकु पठाएको थियो।
मंकीपक्सभाइरसको परीक्षण नेपालमा नहुने नभएकाले पुष्टि गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइने र त्यसपछि कहाँ परीक्षण गर्न लैजाने भन्ने टुंगो लाग्ने टेकु अस्पतालले जनाएको छ।