मकवानपुरमा शनिबार साँझ भएको पिकअप भ्यान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भने अन्य चार जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये तीन जनाको हेटौंडा अस्पतालमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । उनीहरूको अहिलेसम्म पहिचानको नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइतेमध्ये चालकसहित तीन जनाको हेटौंडा र एक जनाको काठमाडौंमा उपचार भइरहेको छ ।हेटौंडातर्फबाट काठमाडौं जाँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी शनिबार साँझ इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२ सिमखोलामा पुलको बारमा ठोक्किएको थियो ।