कैलालीको धनगढी उपमहानगरपालिकामा ५१ हजार मतगणना सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबार बिहान ७ बजेसम्म ५१ हजार ६५ मतगणना सम्पन्न भएको हो ।
५१ हजार ६ ५ मतगणना सम्पन्न हुँदा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५४१ मत पाएका छन्।
यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ११हजार ५४४ र नेकपा एमालेका रणबहादुर चन्दले ६ हजार ४२३ मत पाएका छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीलाई एमालेकी कन्दकला रानाले उछिनेकी छिन्।
रानाले १० हजार ८८० र अधिकारीले १० हजार ७०२ मत पाएकी छिन्। र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार मत पाएका छन्। बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।
