हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) की नेता मीना लामा निर्वाचित भएकी छन्। २०४९ सालदेखि नेकपा एमालेले नेतृत्व गर्दै आएको उपमहानगरपालिमा ३० वर्षपछि फरक पाटीको नेतृत्व निर्वाचित भएको हो।
नेकपा एमाले र राप्रपाका उम्मेदवारसँगको तीब्र प्रतिस्पर्धाका बीच लामा बागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाको पहिलो महिला मेयरसमेत बनिन् ।
एमालेका उम्मेदवार अनन्त पौडेललाई दुई हजार एकसय ६७ मतले पछि पार्दै उनी मेयर निर्वाचित भएकी हुन्। लामाले २३ हजार ७५ मत ल्याउदा निकतम प्रतिस्पर्धी नेकपा एमालेका नेता अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे। त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो स्थानमा चित बुझाउनु पर्यो।
भारी मत अन्तरसहित उपमेयरमा कांग्रेसका राजेश बानिया निर्वाचित भए। उनले ३२ हजार ५ सय ९३ मत प्राप्त गरे। नेकपा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ र राप्रपाकी इन्दिरा न्यौपानले ५ हजार ४ सय ८३ मत ल्याइन्। हेटौंडा उपमहानगरपालिकाको कुल एक लाख चार हजार चारसय ७३ मतमध्ये ७३ हजार ४ सय १४ मत खसेको थियो ।