गत वैशाख ३० गते राजनीतिक विवादका कारण अवरुद्ध भएको अछामको साँफेबगर नगरपालिका–१३ को राष्ट्रिय मावि, बाबला मतदान केन्द्रमा आज पुनःभएको मतदानम ८२ प्रतिशत मत खसेको छ ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार आजको मतदान शान्तिपूर्णरुपमा सम्पन्न भएको छ । वैशाख ३० गते देशभरका स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सञ्चालन भएकोमा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले विवाद उत्पन्न भई स्थगित हुनपुगेका अधिकांश केन्द्रमा मतदान सम्पन्न भइसकेको छ ।
स्थगन भएका ८५ केन्द्रमध्ये उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–१२ र बाजुराको बुढीगंगा नगरपालिकाको मतदानबारे आयोगबले छानविन गरी निर्णय दिनेछ ।
बुढीगङ्गा नगरपालिको मतदानबारे छानबिन गर्न निर्वाचन आयोगले आयुक्त सगुनशमशेर राणाको नेतृत्वमा गठन गरको समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको भने त्रियुगाका सम्बन्धमा आयुक्त रामप्रसाद भण्डारीको नेतृत्वको उच्चस्तरीय छानविन टोली आज त्यसतर्फ गएको छ ।