कैलालीको लम्कीचुहा–८ गप्कामा गुडिरहेको बसमाथि रुख ढल्दा बसमा सवार पाँच जना यात्रु घाइते भएका छन् ।
हावाहुरीका कारण से १ ख १८०६ नम्बरको बसमा एक्कासी रुख ढलेको हो । रुख ढलेपछि बसमा क्षति पुगेको छ भने घाइते यात्रुहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।
हावाहरीले गर्दा बसमा रुख ढलेको हो । रुख ढलेर विद्युत तारमा पनि क्षति पुगेको छ । सो क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।