रौतहटमा मतपेटिका लुटेर भाग्ने पूर्व प्रहरी हवल्दार रहेको खुलेको छ।
मतपेटिका लुटेर भागेको आरोपमा प्रहरीलेयमुनामाई गाउँपालिका–२ बस्ने ४६ वर्षीय चन्देश्वर बैठालाई पक्राउ गरेको छ।
उनले वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन २०७९ मा रौतहटको यमुनामाई–२स्थित श्री मावि भेडियाही स्कुलमा रहेको मतदान केन्द्रबाट मतपेटिका लुटेर भागेका थिए।
पछि प्रहरीले मतपेटिका फिर्ता ल्याएको थियो।
उनीमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कानूनी कारबाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
बैठाले नेपाल प्रहरीमा १७ वर्ष काम गरेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत हुँदा लागुऔषध तस्करी गरेको पाएपछि उनलाई निलम्बन गरी प्रहरीबाट हटाएको थियो।