चितवनको भरतपुर महानगरपालिकाको ५५ हजार ६८० मत गणना भएको छ । अहिलेसम्म माओवादीकी रेनु दाहालले २१ हजार ५ मत ल्याएर अग्रता कायम गरेकी छन् ।
एमालेका विजय सुवेदीले १७ हजार ८१ मत पाएका छन् । जुन रेनुको भन्दा तीन हजार २६७ कम हो । स्वतन्त्र उमेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको भने आठ हजार २६ मत छ ।