जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नारसिङ रोकाय विजयी भएका छन्।
उनी कांग्रेस, एमाले र समाजवादीको गठबन्धनका उम्मेदवारलाई हराउँदै जगदुल्ला गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। माओवादीका उम्मदेवार रोकायले ७७० मत ल्याएर विजयी भए। यस्तै एमालेका उम्मेदवार हेमबहादुर महताराले ७४६ मत पाए।
त्यस्तै, उपाध्यक्षमा अमृता लामा विजयी भएकी छन्। उपाध्यक्षमा माओवादी केन्द्रकी लामाले ७५९ मत ल्याइन्। उपाध्यक्षमा एमालेकी चन्द्रावती थापाले ७४९ मत ल्याएकी थिइन्।
उक्त गाउँपालिकामा माओवादीले ३ वडाध्यक्षसमेत जितेको छ।
योसँगै स्थानीय तहको चुनावमा माओवादीले पालिकामा पहिलो जित हात पारेको छ।
अहिलेसम्म एमालेले ५, कांग्रेसले ४ र माओवादीले १ स्थानमा जित हात पारेका छन् । समाजवादी २ स्थानमा निर्विरोध निर्वाचित भएको थियो।