निर्वाचन अयोगले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ।
शुक्रबार स्थानीय तहको मतदान गर्दा भट्टराईले मतपत्र सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ९ को उपदफा (२) बमोजिमको उक्त कसूरका सम्बन्धमा पत्र प्राप्त भएको समयले २४ घण्टाभित्र स्पष्ट जवाफ पेश गर्न पत्राचार गरेको छ।’