राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धन भन्दा प्रतिगमन बलियो भएको बताएका छन् ।
काठमाडौंमा भएको सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले गठबन्धन भन्दा प्रतिगमन बलियो भएको र नेपालमा एक्लै नरहेको बताए । उनले प्रतिगमन शक्तिलाई हराउनुपर्ने बताए ।
चन्द्रागिरि नगरपालिकामा जनमोर्चाले उपमेयर उठाएकोले सहयोग गर्न आग्रह गरेका केसीले देशभर जनमोर्चाले इमान्दारीपूर्वक गठबन्धनलाई सहयोग गर्ने प्रतिवद्धता जनाए ।