नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने बताएका छन् ।
बिहीबार भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले भने, ‘तपाईहरुले अहिले पनि यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र र लोकतन्त्रको आवश्यकता हो, देशको विकास र समृद्धिको आवश्यक हो भन्ने नबुझेर हालिँदैन हसिया हथौडामा भोट भन्नुभयो भने देश दुर्घटनामा जान सक्छ ।’
तर भरतपुर महानगरमा रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई अनुमोदन गरे १०÷२० वर्ष गठबन्धनलाई कायम राख्ने उनले बताए ।
उनले ०७४ मा रूखवाला (कांग्रेस) ले हँसिया हतौडामा भोट हाल्न असजिलो मानेपछि आफू वामगठबन्धन बनाउँदै एमालेसँग चुनावी तालमेलका लागि पुगेको प्रचण्डले बताए ।
प्रचण्डले आफूलाई शंका नगर्न आग्रह गर्दै सबैको साथ भए गठबन्धनलाई दीर्घकालसम्म लैजाने बताए ।