सुन्दरहरैंचा नगरपालिकामा एमालेका उम्मेदवारको घर पछाडि प्रेसर कुकुरमा शंकास्पद वस्तु फेला परेको छ ।
सुन्दरहरैंचा ११ मा एमालेबाट वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घर पछाडि प्रेसर कुकरमा शंकास्पद बस्तु भेटिएको जिल्ला प्रहरी मोरङका डिएसपी दिपक श्रेष्ठले बताए ।
प्रेसर कुकरमा तार निकालेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तुलाई स्थानीय प्रहरीले घेरा हालेर उक्त ठाउँमा कसैलाई जान दिएको छैन । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको श्रेष्ठले बताए ।
घर पछाडि बिहानै कुकर बम जस्तो वस्तु बिहानै देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको उम्मेदवार ढकालले बताए । यसबारे थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए ।