सुदूरपश्चिम प्रदेश सरकारको २२ करोड रुपैयाँ लगानीमा प्रादेशिक आयुर्वेद चिकित्सालय भवन तयार भएको छ ।निर्माण कम्पनीबाट भवन हस्तान्तरण भएपछि चालू आर्थिक वर्षभित्रै ५० शैय्याको आयुर्वेद चिकित्सालय सञ्चालनको तयारी गरिएको छ ।
अहिले धनगढी उपमहानगरपालिका–८ मा क्लिनिकको रूपमा सञ्चालन भइरहेको प्रादेशिक आयुर्वेद चिकित्सालयको भवन उपमहानगरपालिकाको वडा नम्बर १३ राजपुरमा निर्माण भएको हो ।
चिकित्सालयका प्रमुख डा. खगेन्द्र बमले बिजुली जडानबाहेकको भवन निर्माणको काम सबै सम्पन्न भइसकेको बताए । उनले छिट्टै भवन चिकित्सालयलाई हस्तान्तरण हुने र चालू आर्थिक वर्षको अन्तसम्ममा चिकित्सालयको सेवा सुरु गरिने बताए ।
उनले चिकित्सालयले अक्कुपञ्चर, पूर्वकर्म, पञ्चकर्म, योगलगायत आयुर्वेद चिकित्सा पद्दतिका सम्पूर्ण सेवा चिकित्सालयमा हुने गरी भवन, जनशक्ति र उपकरण व्यवस्थापन भइरहेको बताए।