कैलाली र कञ्चनपुरमा अहिले तीब्र गतिको हावाहुरी चलिरहेको छ। पौने ८ बजेबाट हावाहुरी चल्न सुरु भएको हो। भारतको नाजियावाद, बिजनौर र फिरौजावादमा ४१.६१ किलोमिटर प्रतिघण्टाको गतिले चल्न थालेको हावाहुरी यहाँसम्म पुगेको छ।
मौसम पूर्वानुमानबिज्ञ धर्मराज उप्रेतीले केही घण्टा हावाहुरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन्। अहिले बिजुली सेवासमेत अबरुद्ध भएको छ।