आइजीपी नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ हुँदैछ । एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा सोमबार रिट दार्ता गरेका थिए ।
उनको तर्फबाट रिट लिएर कानुनी सहयोगी सुनिता रावत सर्वोच्चमा गएकी थिइन् । रिटमा वरिष्ठता मिचेर भएको बढुवा बदरको माग गरिएको थियो । सोमबार दर्ता भएको रिटको सुनुवाइ बुधवार तोकिएको थियो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले धिरजप्रताप सिंहलाई सिंहलाई आईजीपी बनाउने निर्णय गरेको थियो ।सिंह भन्दा पोखरेल १६ महिना अगाडि बढुवा भए पनि एक महिना अगाडि एआइजिमा बढुवा पाएका सिंहलाई सरकारले आइतबार आइजिपीमा नियुक्त गर्ने निर्णय गर्दै सोमबार दर्ज्यानी चिन्ह समेत लगाइसकेका छन् ।