लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित भएको छ ।
गत असोज २९ गते सकिएको नवौँ अधिवेशन छ महिनामा बोलाउनुपर्ने कानूनी प्रक्रिया पूरा गर्न आज बोलाइएका थियो । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पहिलो सत्रमा अवरुद्ध गरी दोस्रो सत्रमा बहिष्कार गरेको १०औँ अधिवेशनको दोस्रो बैठक स्थानीय तहको निर्वाचन परिणाम आएपछि बस्नेछ ।
प्रदेशसभाका सदस्यहरु निर्वाचनमा व्यस्त रहने हुनाले निर्वाचन परिणामपछि बोलाइएको हो । प्रदेशसभाको दसौँ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभामा आफूहरूले राखेका माग सम्बोधन नभएको भन्दै माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने बताए ।