भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन्।
भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमा अर्थात जेठ २ गते मोदी नेपाल भ्रमणमा आउने योजना बनाइरहेका छन्।
सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ। बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन मोदी नेपाल आउन लागेका हुन्।