नेपाल उद्योग परिसंघ (सीएनआई) को महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन् ।
सीएनआईको पदाधिकारी समितिको २७औं बैठकले जोशीलाई महानिर्देशक पदमा नियुक्त गरेको हो ।
नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोशी पर्यटन क्षेत्रको प्रवद्र्धन तथा अनुसन्धानात्मक गतिविधिमा निरन्तर क्रियाशील छन् । जोशीले सोमवारै पदभार ग्रहण गरेका छन् ।