कोरियन भाषा परीक्षा स्थगित भएको छ । कोरियामा रोजगारीमा जानका लागि दिइने भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको हो ।
आसन्न स्थानीय तहको निर्वाचनलाई देखाउँदै वैदेशिक रोजगार विभाग ईपीएस शाखाले परीक्षा स्थगित भएको जनाएको छ ।
बुधबार ईपीएस शाखाले निकालेको सूचनामा २६ वैशाखमा हुने भनिएको परीक्षा स्थगित भएको उल्लेख गरिएको छ ।
