नेपाल निर्माण व्यवसायी महासंघले बालुवाटारमा गर्न भनेको धर्ना कार्यक्रम स्थगित गरेको छ । व्यवसायीहरूको माग सम्बोधन गर्ने विषयमा वार्ता गर्न मुख्यसचिवले बोलाएपछि बिहीबार (भोलि) का लागि तय गरिएको धर्ना कार्यक्रम स्थगित गरिएको महासचिव रोशन दाहालले जानकारी दिए ।
निर्माण व्यवसायीहरू निर्माण सामग्रीमा भएको मूल्यवृद्धि, आयोजाहरूको म्याद थप सार्वजनिक खरिद नियमावलीमा भएको त्रुटि सच्चाउनुपर्ने भन्दै आन्दोलन गर्दै आएका छन् ।
उनीहरूले देशभर निर्माण कार्य रोकेरै आन्दोलन गरिरहेका छन् ।प्रदेश तथा जिल्लाहरूको पूर्ववत आन्दोलनका कार्यक्रम भने यथावत रहेको महासंघले जनाएको छ ।