नेपाल निर्माण व्यवसायी महासंघले बिहिबारदेखि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएको छ । एक घण्टे धर्ना कार्यक्रम विहान ९ देखि १० बजेसम्म सकिने महासंघका महासचिव रोशन दाहालले जानकारी दिए ।
वैशाख ८ गतेदेखि महासंघले ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) मा एक घण्टा धर्ना दिँदै आएकोमा भोलिबाट धर्नास्थल परिवर्तन गर्न लागिएको हो ।
महासंघले निर्माण सामाग्रीहरुमा भएको अत्यधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि सामान्य अवस्था नभएसम्मको अवधिलाई वैशाख ११ गतेदेखि (आइतबार) लागू हुने गरी कन्स्ट्रक्शन होलिडे मानिने स्पष्ट पारेको छ ।