सप्तरी जिल्ला अदालतले घरेलु हिंसा मुद्दामा अन्तरिम संरक्षणात्मक आदेश दिएपछि घरमा बास पाएकी महिलामाथि निर्घात कुटपिट भएको छ।
आफन्तबाटै कुटिएर गम्भीर घाइते भएकी जिल्लाको रूपनी गाउँपालिका-६ की ३० वर्षीया लक्ष्मीनियाँ कुमारी भगत उपचारका लागि अस्पताल भर्ना भएपछि घटना बाहिरिएको हो।
उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी लक्ष्मीनियाँको घाँटी, ढाड, पाखुरा, टाउकोलगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ।