रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा धनुषामा तीन जनाको मृत्यु भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुली टोलमा पार्क गरी राखिएको ना २ ख ८६२४ नम्बरको ट्रकमा लु ८३ प ८६५२ नम्बरको मोटरसाइकल मंगलबार बिहान ठोक्किएको थियो ।
सो दुर्घटनामा मोटरसाइकलमा सवार तीनै जना युवकको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
मृत्युमध्ये जनकपुरधाम उपमहानगरपालिका–४ का २० वर्षीय सुमित अग्रवालको मात्र नाम खुलेको र अन्यको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
प्रहरीले ट्रक र चालक हरिनारायण राउतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।