निर्वाचन आयोगले सोमबार साँझ ९साढे सात बजे० सम्म ७१ हजार २ सय ३७ उम्मेदवारहरुले मनोनयन पत्र दर्ता गराएको जनाएको छ ।
आयोगका अनुसार आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत प्रमुख (मेयर) पदका लागि २ हजार १ सय १८ जना र उपप्रमुख (उपमेयर) पदका लागि १ हजार ३ सय १८ जनाले उम्मेदवारी दिएका छन् ।
सबैभन्दा बढी मधेस प्रदेशबाट मेयर र उपमेयरका लागि उम्मेदवारी दर्ता भएको छ । मेयरतर्फ मा ७ सय ३७ र उपमेयरतर्फ ३ सय ८७ जनाले उम्मेदवारी दिएका छन् ।
