पञ्चदेवल नगरपालिकामा गायक टंक तिमिल्सिनाले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् ।
तिमिल्सिनाले सोमबार स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्तापछि तिमिल्सनाले गाउँठाउँको विकासका लागि आफूले उम्मेदवारी दिएको बताए ।
पूराना नेताहरुबाट सल्लाह लिँदै नयाँ सोचका साथ अगाडि बढे नगरको विकासमा सहज हुने उनको भनाइ छ ।
गायक तिमिल्सिनाले नगरका सबै जनताले आफूलाई मतदान गर्दै विजय बनाउनेमा ढुक्क रहेको बताए ।