सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएकी छन् ।
सोमबार दिउँसो काठमाडौंको राष्ट्रियसभा गृहमा पुगेर सिंहले मेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् । बाजागाजासहित सिंह उम्मेदवारी दर्ता गराउनका लागि पुगेकी थिइन् । उनी कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नी पनि हुन् ।
उम्मेदवारी दर्ता गर्नका लागि उनी पति प्रकाशमानलाई संगै लिएर सभागृह पुगेकी थिइन् । उनको उम्मेदवारी दर्ता र्यालीमा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गी पनि सभागृह पुगेकी थिइन् ।