लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता बृषेशचन्द्र लालले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गरेका लाल तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेका छन् ।
आज जनकपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले लोसपा लेता लालले पार्टी परित्याग गर्दै तराई मधेश लोकतान्त्रिक पार्टीमा समाहित भएको घोषणा गरका हुन् ।
राष्ट्रियसभाका पुर्व सदस्य समेत रहेका लाल यसअघी पार्टीले राष्ट्रियसभा पुनः उम्मेदवार नबनाउँदा असंतुष्ट रहेका थिए ।
बिगतका केही सातादेखी लोसपा बिरोधी अभिव्यक्ती दिईआएका लालले आफ्ना नजिकका शिवशंकर लाल कर्णलाई तमलोपा दर्ता गराउन अह्याएका थिए ।
तमलोपाको अध्यक्ष अहिले शिवशंकर लाल कर्ण रहेका छन् । लालसंगै लोसपा नेता डा.बिजयकुमार सिंह समेत तमलोपामा प्रवेश गरेका हुन् ।