सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग लगाएपछि आकस्मिकरुपमा बसेको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को सचिवालय बैठक सकिएको छ ।
बैठक अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको थियो ।
बैठकले आकस्मिक र षड्यन्त्रपूर्वक रुपमा दर्ता गरिएको महाअभियोग प्रस्तावलाई गम्भीर र षड्यन्त्रपूर्वक कदम भनेको छ ।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले भने, ‘बैठकले महाअभियोग प्रस्तावलाई अदालत, लोकतन्त्र र जनताको सार्वभौमसत्तामाथि प्रहारका साथै चुनाव धकेल्ने षड्यन्त्रको रुपमा अथ्र्याएको छ ।’
प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगलाई एमालेले प्रतिवाद गर्दै असफल पार्ने उनले बताए ।
एमालेले यसलाई अदालतलाई नियन्त्रणमा लिँदै विचाराधिन मुद्दा प्रभावित पार्ने गठबन्धनको षड्यन्त्रको रुपमा लिएको छ ।
उनले भने, ‘यस घटनाले सत्तापक्ष र प्रतिपक्षबीचको वातावरण विगार्ने प्रयास भएको छ । देशमा नियन्त्रित अस्थिरता कायम राख्ने प्रयास भएको छ ।’
यस विषयमा संसदीय दललाई आवश्यक निर्णय गर्न निर्देशन बैठकले दिएको पोखरेलले बताए । एमाले संसदीय दलको बैठक सोमबार बिहान बस्दैछ ।
सम्बन्धित समाचारः
जबराविरुद्व सहमतिमै महाअभियोग, गठबन्धन टुट्ने हैन झन् मजबुद् हुन्छः प्रचण्ड
महाअभियोग असरः नेप्सेमा १०१ अङ्कको पहिरो
महाअभियोग लागेको पत्र बुझे, अनि गाडीको झण्डा छोपेर सर्वोच्चबाट बाहिरिए जबरा
जबराविरुद्ध महाअभियोगः सभामुखले बोलाए सर्वदलीय बैठक, एमाले सचिवालय र संसदीय दल पनि बस्दै
महाअभियोग दर्तासँगै जबरा स्वतः निलम्बित, कामु प्रधानन्यायाधीश बने कार्की
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगः अब के हुन्छ ? संविधानमा के छ व्यवस्था ?
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता, यी हुन् २१ आरोप (पूर्णपाठ)