सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभामुखले सोमबार दिउँसो २ बजे संसद् सचिवालयमा सर्वदलीय बैठक बोलाएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । बैठकमा प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता महाअभियोगबारे पनि छलफल हुनेछ ।
यस्तै, प्रमुख विपक्षी दल नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।
बैठक आइतबार साँझ ६ बजे बस्दैछ । देशको पछिल्लो समसामयिक राजनीति र विशषगरी प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध लागेको महाअभियोगबारेसचिवालय बैठकमा छलफल हुने एमाले उपाध्यक्ष सुवास नेम्वाङले बताए ।
यस्तै, एमालेले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
एमालेले संसदीय दलको बैठक सोमबार बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ ।
बैठकले सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएकोबारे निर्णय लिने बताइएको छ ।