प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाअभियोग लागेको पत्र बुझेर सर्वोच्च अदालतबाट बाहिरिएका छन् ,
संसद् सचिवालयले उनी निलम्बनमा परेको सूचना प्रकाशित गरेसँगै जबरा महाअभियोग लागेको पत्र बुझेर अदालतबाट बाहिरिएका हुन् ।
प्रधानन्यायाधीश जबराविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि संसद् सचिवालयले प्रधानन्यायाधीश राणा निलम्बित भएको सूचना प्रकाशित गरी राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, प्रधानन्यायाधीश जबरा, संवैधानिक आयोग, न्याय परिषद् र प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।
जबरालाई रजिस्टारहरू लालबहादुर कुँवर र नारायण पन्थीले गेटसम्म आएर बिदाइ गरे । जबरा घर फर्किँदा उनी चढ्ने गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपिएको थियो ।
प्रधानन्याधीश जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीशको पद सम्हालेका थिए ।
महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा स्वतः निलम्बनमा परेका छन् ।
जबरा स्वतः निलम्बितसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश भएका छन् ।