नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनको सहमतिमै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएको बताएका छन् ।
जनयुद्ध दिवस मनाउन जनकपुर पुगेका उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले न्याय क्षेत्र झन् अराजक बन्न लागेपछि गठबन्धनको सहमतिमै जबराविरुद्ध महाअभियोग दर्ता गरिएको बताएका हुन् ।
उनले भने, ‘केही समयदेखि नेपाली न्याय क्षेत्रमा देखिएको अन्योल, अराजकता र बेथिति दुःखद थियो । न्यायाधीश र अधिवक्ताहरू आन्दोलनमा थिए । हामीले यसको सहज निकास चाहेका थियौं । त्यसका लागि पहल पनि गर्यौं,’ प्रचण्डले भने, ‘प्रधानन्यायाधीशले विदा बसेर हुन्छ कि सबैलाई विश्वासमा लिएर हुन्छ निकास दिनुको साटो न्याय क्षेत्र झन् अराजक बन्न लागेपछि संवैधानिक प्रक्रिया थालिएको हो ।’
आइतबार जनकपुरधाममा आयोजित जनयुद्ध दिवसको कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धन भत्काउने र निर्वाचन रोक्ने षड्यन्त्र भइरहेकोले गठबन्धनसदृढ गरेर जानुको विकल्प नरहेको बताए । उनले प्रधानन्यायाधीशविरूद्धको महाअभियोगले गठबन्धन नटुटेर झन् मजबुद् हुने दाबी गरे । प्रचण्डले भने, ‘न्यायक्षेत्रमा लामो समय अन्योल हुने अवस्था देखिएपछि महाअभियोग लगाएको हो । त्यसका लागि कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसँग पनि आमसहमति भएको छ । यसकै कारण गठबन्धन तलमाथि हुँदैन । झन् मजबुद् हुन्छ ।’
सम्बन्धित समाचारः
महाअभियोग असरः नेप्सेमा १०१ अङ्कको पहिरो
महाअभियोग लागेको पत्र बुझे, अनि गाडीको झण्डा छोपेर सर्वोच्चबाट बाहिरिए जबरा
जबराविरुद्ध महाअभियोगः सभामुखले बोलाए सर्वदलीय बैठक, एमाले सचिवालय र संसदीय दल पनि बस्दै
महाअभियोग दर्तासँगै जबरा स्वतः निलम्बित, कामु प्रधानन्यायाधीश बने कार्की
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगः अब के हुन्छ ? संविधानमा के छ व्यवस्था ?
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता, यी हुन् २१ आरोप (पूर्णपाठ)