काठमाडौं — आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल सुरु भएको छ ।
नेपाल र अमेरिकाबीचको खेल सोमबार अपरान्ह ४ः१५ बजेदेखि अल अमिरात मुख्य क्रिकेट मैदान ओमानमा सुरु भएको हो ।
अमेरिकाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।
यसैबीच नेपाललाई पहिलो सफलता मिलेको छ । बिक्रम सोवले ३.५ ओभरमा नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
यो समाचार तयार पार्दासम्म अमेरिकाले ८ ओभरमा एक विकेट गुमाएर ३६ रन बनाएको छ ।
सम्बन्धित समाचारः
त्रिकोणात्मक सिरिजः नेपाल र अमेरिकाबीचको खेल सुरु