काठमाडौँ– हिमालयन म्यूजिक एकेडेमीले आयोजना गर्न लागेको अनलाइन टयालेन्ट शोको तयारी अन्तिम चरणमा पुगेको छ । एकेडेमीका संस्थापक अध्यक्ष पुष्प गजमेरका अनुसार प्रतियोगीतामा गायन, नृत्य, स्ट्याण्डअप कमेडी, लगायतका विधामा प्रतिस्पर्धा गराइनेछ ।
प्रतियोगीतमा सहभागीता जनाउन आजसम्म रजिष्ट्रेसन गरिसक्नुपर्ने र प्रतियोगीतामा सहभागीता जनाउने प्रतिस्पर्धीहरुले भिडियो वा अडियो सामाग्री २ देखि ५ मिनेटसम्मको हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतिस्पर्धा प्रथम हुनेलाई २५ सय डलर, तथा द्धितिय र तृतियलाई क्रमश १५ सय र १ हजार डलर पुरस्कार दिइनेछ । नोभेम्भर २१ तारिखमा सम्पन्न हुने प्रतिस्पर्धाको जजका रुपमा नायिका सांरगा श्रेष्ठ, अर्जुन रसाइली, विकाश थुलुगं र गोपी दाहाल रहेका छन् ।
त्यस्तै जुरीका रुपमा कान्छीमाया सुब्बा र सन्तोष रामदाम रहेका छन् ।